काभ्रे– पनौतीमा पहिरोमा परी एकै घरका ५ जना बेपत्ता भएका छन्। पनौती–११ थुम्कीस्थित आज बिहान साढे ३ बजे गएको पहिरोमा परी अर्जुन भण्डारीको परिवार बेपत्ता भएको हो।
घरको २ जना भने भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ। घर भने पूर्ण रुपमा क्षति छ। भण्डारीको परिवारको उद्धारका लागि विपद उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ।
पनौती–३ र ८ को सीमानामा रहेको खोला थुनिएपछि वरिपरी जलमग्न भएको छ।
तेमालमा २ जनाको मृत्यु
तेमाल गाउँपालिका–७ मा पनि पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ।
भिमबहादुर तामाङको घर पहिरोमा पुरिँदा श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हो।


