काठमाडौँ– काभ्रेका विभिन्न ठाउँमा पहिरोका कारण मानवीय तथा भौतिक क्षति भएको छ।
साँगामा बिहान ५ बजे आएको पहिरोले घर बगाउँदा एकै परिवारका २ जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले जारी गरेको सूचनाका अनुसार पुरिएकाहरूको खोजी कार्य भइरहेको छ।
पनौती–१२मा करिब साढे ३ बजेको समयमा अबिरल वर्षाका कारण बएको पहिरोले घर पुरिँदा श्रीमान् श्रीमती बेपत्ता भएका छन्।
त्यस्तै पनौती न.पा. ११ थुम्कीमा १ घर पुरिँदा ४ जना सम्पर्कबिहीन भएका छन्। पनौती–१२ कोलाँतीमा गोपाल तिमल्सिनाको घर पुरिँदा ४ जना सँगै पुरिएका थिए। त्यसमध्ये ३ जनालाई जिबितै उद्धार गरिएको छ भने १ जना बेपत्ता भएका छन्।
नमोबुद्ध–२ श्यामपाटीमा बिहान ६ बजे गएको पहिरफमा परी २ जना बेपत्ता भएका छन्। त्यसैगरी तेमालमा गएको पहिरोमा परी २ जनाको मृत्यु भएको छ।


