पाँचथर– पाँचथरमा पहिरोमा पुरिएर आमाछोरीको मृत्यु भएको छ।
निरन्तरको वर्षाका कारण खसेको पहिरोमा परी पुरिँदा फिदिम नगरपालिका–४ चिसापानीमा बस्दै आएका फिदिम नगरपालिका–१२ का २५ वर्षीया सपना शेर्पा र उनकी छोरी पाँच वर्षीया डोल्माको मृत्यु भएको हो।
उनीहरूसँगै रहेका अन्य तीन जना भने भागेर बाँच्न सफल भएका छन्।
पहिरोमा परी आज बिहान ३ः४५ तिर दुवैजनाको मृत्यु भएको हो। मृतकहरूको शव स्थानीयवासीको सहयोगमा प्रहरीले पहिरोबाट निकालेको छ।
पहिराले यहाँ रहेको नेपाल आदिवासी जनजाति महासङ्घको भवन पनि पुरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।


