सिन्धुली– सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरूकुलका ३३ जना नदीको बीचमा फसेका छन्।
२८ विद्यार्थी र गुरूसहित ३३ जना नदीबिचमा फसेको गुरुकुलका शिक्षक नारायण घिमिरेले बताए।
सुनकोशीको सतह बढेर मन्दिरसम्म आइपुगेको छ।
सुनकाेशी किनार र राेशीखाेलाकाे दाेभानस्थित कुशेश्वर मन्दिरसम्म सुनकाेशीकाे सतह पुगेकाे छ। राेशीले मन्दिरकाे पूर्वतर्फकाे पर्खाल ढालेर निरन्तर कटान गरिरहेकाे घिमिरेले बताए।
उनले उद्धारका लागि कतैबाट पहल, सम्पर्क नभएको बताए। छिटाे उद्धार गरिदिन घिमिरेले आग्रह गरेका छन्।


