काठमाडौँ- बाढीपहिरोमा परी काठमाडौँ उपत्यकमा २१ जनाको मृत्यु भएको छ।
हालसम्म काठमाडौँमा ९, ललितपुरमा ९ र भक्तपुरमा तीन जनाको मृत्यु भएको हो।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार ५ जना बेपत्ता भएका छन्। ९ जना घाइते भएका छन्।
बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको छ।
बाढीपहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन्। २२६ घर डुबानमा परेका छन्।
ललितपुर र भक्तपुरका थुप्रै घरमा पानी पसेको छ।
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा नौ सय ३० र भक्तपुरमा एक सय २० जना नेपाल प्रहरीको जनशक्ति खटिएको छन्।
