हेटौँडा- मकवानपुरको सिस्नेरी पहिरोमा परी हराइरहेका ६ जनामध्ये ३ विद्यार्थीको शव फेला परेको छ।
इन्द्रसरोवर गाउँपालिका अध्यक्ष डीके पुडासैनीका अनुसार एन्फा एकेडेमीका ६ जना विद्यार्थी हराएकोमा तीन जनाको शव फेला परेको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका ६ विद्यार्थी विद्यार्थी पहिरोमा पुरिएका थिए।
बिहीबारदेखि अविरल वर्षाका कारण कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा पहिरोमा परेका थिए।
कुलेखानी ड्यामको ढोका खुलेपछि ती विद्यार्थीले छोटो बाटो प्रयोग गरी हिँडेका थिए।
बेपत्ता विद्यार्थीहरूमा मकवानपुरका अनुप घलान , सर्लाहीका आदित्य वलम्पाकी , काठमाडौँका रियान्स आचार्य थिए।
यस्तै मकवानपुरकै सुमन योन्जन, बाराका विकल रेग्मी, र मकवानपुरका दिवस बानियाँ पनि थिए।
शव भेटिएकाहरूको पहिचान हुन बाँकी छ।


