काठमाडौं: धादिङको झ्याप्ले खोलामा एउटा यात्रु बस र माइक्रोबस पुरिँदा १४ जनाको मृत्यु भएको छ।
पहिरोले पुरिएको अवस्थामा लु.१ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ जना र बसबाट ९ जनाको शव निकालिएको प्रहरीले जनाएको छ।
नागढुंगा-नौबिसे सडक खण्डमा पर्ने सो स्थानमा आएको पहिरोले बस र माइक्रो पुरेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले वताए।
घटनाबारे थप विवरण आउन बाँकी छ।


