काठमाडौँ– शुक्रबार गोरखाबाट काठमाडौंका लागि छुटेको बस सोही दिन रातिदेखि सम्पर्कबिहीन भएको छ।
धार्चे गाउँपालिका लापुवेशीबाट शुक्रबार छुटेको ना४ख २२७० नम्बरको बस काठमाडौँतर्फ गएको थियो।
दरौदी यातायात सेवा कम्पनी प्रालिले बसमा सवार यात्रु तथा चालक कोही पनि अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ। प्रालिका अध्यक्ष नारायण खत्रीले अहिलेसम्म सम्पर्कमा नआएको बताए। ‘मुग्लिनसम्म पुग्दा एक यात्रु र तीन जना स्टाफ थिए। त्यसपछि सम्पर्कमा छैनन्,’ खत्रीले भने।
उनले हराएको बस खोज्न आग्रह समेत गरेका छन्।


