काठमाडौँ– धादिङको झ्याप्लेखोलामा पुरिएको अवस्थामा भेटिएको बसबाट थप ३ जनाको शव निकालिएको छ।
सुरक्षाकर्मीको टोलीले बसलाई डोजरमार्फत् पन्छाउने क्रममा अहिलेसम्म तीन जनाको शव उद्धार गरेको हो।
थप विवरण भने आउन बाँकी छ।
शनिबार मात्रै झ्याप्ले खोलामा दुई वटा बस पुरिँदा १४ जनाको मृत्यु भएको थियो।


