काठमाडौँ- काठमाडौँ नागढुंगामुनि झ्याप्ले खोला भन्ने स्थानमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको छ।
आइतबार थप १५ जनाको शव निकालिएसँगै बसमा पुरिएर मृत्यु हुनेको संख्या २९ पुगेको हो।
आइतबार भेटिएका शवमध्ये ११ पुरुष र ४ महिलाका हुन्।
ती शव गोरखाबाट काठमाडौँतर्फ आउँदै गरेका बसका यात्रु हुन सक्ने प्रहरीको अनुमान छ।
राजमार्गमा खसेको पहिरो पन्छाउने क्रममा झ्याप्लेखोलामा बस पुरिएको अवस्थामा फेला परेको थियो।
फेला परेको बस आधा मात्रै देखिएकाले बस नम्बर पहिचान भएको छैन।
सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ।
शनिबार सोही स्थानमा पहिरोले बस पुरेको अवस्थामा १४ जनाको शव भेटिएको थियो।


