काठमाडौँ- अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा विजयादशमी टीकाको उत्तम साइत सार्वजनिक गरेको छ।
समितिले आइतबार सूचना जारी गर्दै विभिन्न देशका लागि उत्तम साइतको समय सार्वजनिक गरेको हो। नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते (अक्टोबर १२) बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ।
भारतमा अक्टोबर १२ (समय: ११ः४२), अमेरिकाको न्यूयोर्कमा अक्टोबर १२ (समय: १०ः०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समय: ११ः२१), मेलबर्न (समय: ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समय: १०ः२१), कतारमा अक्टोबर १२ (समय: ११ः०५) बजेका लागि उत्तम साइत रहेको छ।
अष्ट्रेलियामा दसैँको टीका नेपालमाभन्दा एकदिन पछि परेको छ। नेपालमा असोज २६ गते (१२ अक्टोबर) दसैँको टीका लगाउँदा अस्ट्रेलियामा २७ गते (१३ अक्टोबर) मा टीका लगाउने उत्तम साइत छ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्यसचिव आचार्य लक्ष्मण पन्थीका अनुसार अस्ट्रेलियामा दशमी तिथि उदयकालीन असोज २७ गते भएकाले २७ गते नै टीकाजमरा ग्रहण गर्नुपर्छ। नेपालमा भने उदयकालीन दशमी तिथि असोज २६ गते नै पर्छ।
तिहारको लक्ष्मी पूजा पनि नेपालमा भन्दा अस्ट्रेलियामा एक दिन पछि छ। नेपालमा लक्ष्मीपूजा कात्तिक १५ गते अर्थात् (अक्टोबर ३१) तारिकमा छ भने अस्ट्रेलियामा कात्तिक १६ गते (नोभेम्बर १)मा छ।
कुन देशमा टीकाको साइत कहिले रहेको छ, स्थानीय समयअनुसार हेर्नुहोस्:



