मलेखु (धादिङ)- त्रिभुवन राजपथको नौबिसे-नागढुङ्गा सडक र पृथ्वी राजमार्गमा राति पनि यातायातका साधन चल्न थालेका छन्।
यसअघि गृह मन्त्रालयले रातिको समयमा गाडी चलाउन नदिने निर्णय जोखिम कम भएको भन्दै फिर्ता लिएसँगै रातको समयमा पनि गाडी चल्न थालेका हुन्।
निर्णय फिर्ता भएसँगै यस सडकखण्डमा सवारी निर्वाध चलिरहेका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्राह्लाद सिलवालले जानकारी दिए।
काठमाडौँबाट बाहिने सवारीको चाप अत्यधिक भएकाले रातको समयमा पनि सवारी चल्न दिने निर्णय गरिएको गृह मन्त्रालयको भनाइ छ।
