काठमाडौँ- गृह मन्त्रालयले बाढीपहिरो प्रभावित आठ जिल्लामा कार्यदल खटाएको छ।
खोज तथा उद्धार र राहत वितरणमा सहयोग गर्न कार्यदल संयोजकलाई खटाइएको हो।
बुधबारदेखि उनीहरू फिल्डमा पुगेका छन्। गृहसचिव गोकर्णमणि दुवाडीका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङमा कार्यदल पठाइएको छ।
काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायणप्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई खटाइएको छ।
प्रभावित क्षेत्रमा तत्काल गर्नुपर्ने कार्यका सम्बन्धमा कार्यदलले सुझाव दिनेछ।
कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि छन्।
असोज २१ गतेसम्म कार्यदलले रिपोर्ट बुझाउनुपर्नेछ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि १० जना शाखा अधिकृत प्रभावित जिल्लामा खटाएको छ।
प्राधिकरणका सहसचिव बसन्त अधिकारीले ‘एक्सन टिम’ तयार गरी बुधबार नै प्रभावित पालिकाहरूमा खटाइएको जानकारी दिए।


