काठमाडौं । अविरल वर्षापछिको बाढी पहिरोमा परी हालसम्म २३२ जनाको मृत्यु र २३ जना बेपत्ता भएका छन्।
नेपाल प्रहरीका अनुसार विभिन्न स्थानका घटनामा परी १६५ जना घाइते भएका छन्।
हालसम्म बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार ३१ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
देशभरमा विभिन्न स्थानहरूमा बाढी तथा पहिरोले गर्दा सडक अवरुद्ध रहेको र बाटो खुलाउने प्रयास भइरहेकोले हुँदा लामो यात्रामा निस्किनु भन्दा अगाडि जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ।


