२०८३ कार्तिक २६ गते बुधबार

बच्चालाई के खुवाउनु? बाढीले त बचायो, भोकले पो मरिन्छ जस्तो छ!

 |  प्रगति ढकाल
Sanket

प्रगति ढकाल

काठमाडौँ, असोज १७
Badhi-Prabhavit

काठमाडौं। ‘तपाईंहरु हामीलाई राहत दिन आउनुभएको हो?’ बाढी प्रभावितको अवस्थाबारे स्थलगत रिपोर्टिङ गर्न जाँदा ललितपुर महानगरपालिका-२५ फूलबारीमार्ग बस्ने सविता माझीको प्रश्न थियो।

‘होइन नि हामी त तपाईंहरुको अवस्थाबारे रिपोर्टिङ गर्न आएको’, यो जवाफले एक्कासी अध्याँरो मुहार लगाएर माझीले भने, ‘ए, म त खानेकुरा दिन कोही आएछ कि भनेर नि।’ काखमा छ महिनाकी दूधेबालक च्यापेर कोही राहत दिन आएको हो की भन्ने आशाले बाटो निहालिरहेको रहिछन् उनी। तर हामी राहत बाँड्ने मान्छे नभएको थाहा पाएपछि भने, ‘अरु पनि आउँछन् यसरी नै। सोधेर जान्छन्। तर कोही राहत लिएर आउँदैनन्।’

सात दिनदेखि राम्रोसँग खानसमेत नपाएपछि शरीर कमजोर भएको उनको गुनासो छ। ‘आफूले खान नपाएर दूध नआएपछि छ महिने छोरी पनि भोकले रोहिरहन्छिन्’, माझी भन्छिन्, ‘अर्को पनि बच्चा छ, उसलाई के खुवाउनु? आफू त भोकै पनि केही समय बिताउन सकिएला, यी बच्चाहरु मान्दैनन्। रुन्छन्। के गर्नु?’ बाढीले बस्ने बासै उठाएको पनि साता दिन हुन लाग्यो। न बासको ठेगान छ, न गासको भन्दै टिलपिल टिलपिल आँखाभरि आँसु लिएर उनले भनिन्, ‘बाढीले त बचायो, भोकले पो मरिन्छ कि क्या हो।’

सोही स्थानका चर्तुमान माझीलाई पनि कोही नयाँ मान्छे आएको देख्दा राहत नै आयो की भन्ने आशा लाग्दोरहेछ। अहिले कसैले केही दिए साँझ के खाएर गुजारा टार्ने होला? भन्ने चिन्ताले सताउने गरेको दुखेसो सुनाउँछन् उनी। ‘अहिले त न बस्ने बास छ, न खानका लागि गास छ, लगाउन त बरु यही शरीरमा भएको एकसरो लुगाले केही दिन कटाउन सकिएला। तर मुख्य खानेकुरै भएन’, उनी भन्छन्, ‘नखाएर कति दिन बिताउन सकिएला?’

अहिले बस्नका लागि आवास र खानका लागि मात्रै व्यवस्था भए पनि हुन्थ्यो नी झैँ लाग्छ, उनलाई। ‘अरु ठूलो आशा र सपना पनि छैन, त्यही खान पाए र बस्न बासको माग गरेका त छौँ नि’, माझी भन्छन्, ‘पछि त दुःख गरेर पनि कमाइएला र ऋण पनि तिरौँला। बाँच्न त बाँचियो भन्ने लागेर ऋण पनि खोजेँ तर कसैले पत्याएनन्।’ कोठा भाडा तिरेर बस्छु भन्नेहरुका लागि कतै कोठा नभएको उनी सुनाउँछन्। ‘भए पनि एक्कासी महँगो बनाएका छन्’, माझी भन्छन्।

सोही टोलमा बस्ने सविता माझी बाढीको भेलले थुपारेको हिलोमा केही त भेटिन्छ कि भन्ने आशामा हिलो माटो खोतल्दै थिइन्। केही थान भाँडा भेटिएछ। अरु त सबै भेलसँगै बगाएर लगेछ। ‘कसैले राहत दिएमा यही भाँडामा पकाउन पाइन्छ नि’, उनी भन्छिन्, ‘सबै लग्यो बाढीले। धन्न ज्यान त बच्यो।’

माझी पनि राहत आउला कि भन्ने आशामा बसिरहेकी छन्। ‘बाढीले ज्यान त बचायो। खान नपाएर मर्न चाहिँ नपरोस्’, उनी भन्छिन्, ‘बच्चा छ। भोकाउँछन्, रोइहाल्छन्। के गर्नु।’ आमाको गुनासो सकिन नपाउँदै छेवैमा रहेकी सात वर्षीय छोरी खुसी माझी मलिन मुहारमा भन्दै थिइन्, ‘पत्रकार अन्टी हाम्रो त घरै बगायो। मेरो किताब, कापी, लुगा सबै बगायो।’

फूलबारीमार्गकै नदी किनारामा बस्दै आएकी छन्, गङ्गा थापा पनि। उनले यस्तो किसिमको विपद् आउला भनेर कहिल्यै कल्पनासमेत गरेकी थिइन्। ‘रातको ३ बजेको थियो, शौचलालय जान भनेर ब्युँझिएछु, पानी त भुइँभरि रहेछ। तीन छोराछोरी र श्रीमानलाई पनि ब्युँझाए। भागाभाग भयो’, थापा भन्छिन्, ‘एकैछिनमा त आँखै अगाडि बस्ने बासै बगायो नी। धन्न भाग्यले बाँचियो।’

मानिसबाहेक सबै चिजहरु बगाएर लगेपछि उनलाई पनि खान, लाउन र बस्न धौधौ भइरहेको छ। अरुको घरमा भाडा माझेर जीवन गुजारा चलाउँदै आएकी थापाको लागि यतिबेला मानिस बाँच्नका लागि एकदमै आधारभूत आवश्यक वस्तु गास, बास र कपासकै जोहो गर्न गाहे भइरहेको गुनासो सुनाउँछन्।

उनको परिवारले अहिले छिमेकीसँग मागेर खाइरहेका र डोलेश्वर स्कुलको पेटीमा बास बसेका उनको भनाइ छ। ‘यस्तो आपत्त आइपर्ला भन्ने कहिल्यै कल्पना पनि गरेको थिइन। नसोचेकै भयो’, थापा भन्छिन्, ‘जे भयो भयो। अब बाँच्नेलाई मुख्य त खाने र बस्ने व्यवस्था मिले हुन्थ्यो।’

वडा नं २५ नै बस्ने सीता थापामगरलाई आजभोलि कोही मानिस आएर राहत दिए पनि हुने झैँ लाग्छ। ‘हामी भएको ठाउँमा कोही नआउन्। रित्तो हात त कोही पनि नआए नी हुन्थ्यो झैँ लाग्छ। राहत लिएर चाहिँ कोही किन आउँदैनन्?’ इन्दिरा सिञ्जाली मगर पनि खानेकुरा, पिउने पानी, बस्ने बासको अभावले जीवन नै कष्टकर बन्दै गएको गुनासो गर्छिन्।

‘सोमबार वडा कार्यालायले भात खुवाउने भन्ने सुनेर गयौँ। जाँदा त खाने कुरा नै सकिएको रहेछ। अनि भोकभोकै फर्किनुपर्यो’, उनले भनिन्, ‘आज यही स्थानीय क्लबले खुवाएको थियो। कत्ति खुसी लाग्यो। खान नपाउँदाको पीडा नपाउनेलाई मात्रै थाहा हुन रहेछ।’

ललितपुरस्थित नख्खुको मेडिसिटी हस्पिटलको बायाँपट्टी साइडमा टेकमाया श्रेष्ठको घर छ। शुक्रबार रातको २ बजेतिर हल्लाखल्ला मच्चियो। के भएको रहेछ भनेर उठेर हेर्दा टोलैभरि नख्खु खोला छिरिसकेछ। भागेर बाहिर जान ठाउँसमेत नभएपछि सबै जम्मा भएर छतमा बसेको उनी सुनाउँछिन्।

‘यत्ति धेरै क्षति हुन्छ भन्ने साचेको पनि थिएनौँ। डुङ्गाले उद्धार गरेपछि हामी भक्तपुर छोरीको घरमा गयौँ’, उनी भन्छिन्, ‘तर खाइनखाइ १० वर्ष अगाडि जोडेको यो घरको ऋण तिर्न पाएको छैन, दुई दिनसम्म त घरै बगायो कि भन्ने चिन्ताले सतायो। धन्न बाँकी रहेछ।’ माथि उल्लेख गरेका पात्रहरुको भन्दा उनको माग फरक छ, ‘सरकारले यो हिलो सबै छिटो सफा गरिदियोस् र हामीलाई पानी उपलब्ध गराइदियोस्।’

ललितपुरका यी क्षेत्रहरु मात्रै होइन, गोदावारी नगरपालिकामा पनि असर पुगेको छ। नगरपालिकाको उपप्रमुख मुना अधिकारीलाई पीडितहरुले गरेको फोन उठाउन आजभोलि भ्याइनभ्याइ छ। ‘कतै हाम्रो मान्छे हराएको छ, खोजिदिनुस्, कतै मान्छे पुरिएको छ, शव निकालिनुस्, कतै पानी आएन त कतै राहत आएन भन्ने सर्वसाधारणको गुनासो हुन्छ, फोन आइरहन्छ’, उनी भन्छिन्, ‘हाम्रो क्षेत्र पनि ठूलो छ नी छ त, हामी बस्तीबस्ती हिँडिरहेका छौँ, सबै ठाउँमा पुग्नै भ्याइएको छैन।’

उनका अनुसार गोेदावारी नगरपालिकामा मात्रै हालसम्म गत शुक्रबार र शनिबारको मनसुनी विपद्बाट २३ जानाको मृत्यु भएको छ भने बेपत्ता भएका पाँच जनाको खोजीकार्य जारी छ। ‘यहाँ कति क्षति भयो भन्ने कुरा आँकलन गरिरहेका छौँ’, उनले भनिन्, ‘पीडितलाई तत्काल राहतका लागि जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घसंस्थाहरु र समाजसेवीहरुसँग राहतका लागि आग्रह नै गरिसकेका छौँ।’

उपप्रमुख अधिकारीले विपद्पछिको उद्धार तथा राहतका लागि स्थानीय तहले सक्दो प्रयास गरिरहेको बताइन्। ‘चाँडोभन्दा चाँडो राहत व्यवस्थापनका लागि लागि हामीले समन्वय गरिरहेका छौँ, सर्वसाधारणको गुनासा सम्बोधनका गर्न लागिपरेका छाैं’, उनले भनिन्।

दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाको गोटीखेल मानिखेललगायतका क्षेत्रहरुलाई पनि बाढी पहिरोकै कारण तहसनहस बनाएको छ। हराबरा क्षेत्र एक्कासी बगरमा परिणत भएको छ। बाढी, पहिरोका कारण बाटो नै पुरिदिएपछि उक्त क्षेत्रमा राहत तथा उद्धारका लागि जान समेत नसकिने अवस्था भएको बताउँछन्, ललितपुरस्थित महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट। ‘न बाटो छ, न सम्पर्क छ’, उनले भने, ‘यहाँ त राहत व्यवस्थापनका लागि पनि निकै गाह्रो भइरहेको छ।’

युवा अभियन्ता तथा इन्जिनीयर लक्षुमनप्रसाद घिमिरेले ललितपुरको दक्षिण भेगका पीडितहरुलाई राहतका लागि सामाजिक सञ्जालमार्फत सहयोगका लागि अभियान नै चलाएका छन्। तर बाटोको कारण त्यहाँको अवस्थासमेत थाहा नहुँदा अत्यासै लाग्ने गरेको समेत बताउँछन् उनी। ‘राहत लिएर जान बाटो नै छैन, त्यहाँ सम्पर्क समेत कोहीसँग हुन सकिरहेको छैन’, उनी भन्छन्, ‘पहल भइरहेको छ, बाटो सहज भएपछि राहत लिएर जानेछौँ।’

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले राहत विरणका काम सुरु भइसकेको जानकारी दिए। ‘हामीले पहिरोको कारण यातायात सञ्चालन हुन नसकेको क्षेत्रहरु ललितपुरको दक्षिण भेगका महाङ्ककाल र बागमती गाउँपालिकामा हेलिकप्टरमार्फत राहत वितरण गरेका छौँ’, उनले भने, ‘स्थानीय तहसँगको समन्वयमा धमाधम राहत वितरणको काम भइरहेको छ।’

समयमा नै खाद्यान्न तथा स्वच्छ खानेपानी पीडितले नपाउँदा जनस्वास्थ्यमा समेत गम्भीर असर पर्नसक्ने बताउँछन्, जनस्वास्थ्यविद् डा.समिर अधिकारी। ‘कतिजनाले खानापछि खाने औषधि प्रयोग गर्न सक्नुहुन्छ, खानै नपाए औषधि कसरी खाने? सुत्केरी तथा बिरामीलाई अझै शरीरमा पौष्टिक तत्व नपुगेर असर परिरहेको हुनसक्छ’, उनी भन्छन्, ‘लामो समय खाली पेट बस्दा ग्यास्ट्रिक हुने, शरीर कमजोरी बन्दै जाने, रक्तचाप कम हुनेलगायतका समस्या आउने र मानिसको ज्यानै पनि जान सक्छ।’

वरिष्ठ अधिवक्ता दिनेशमणि त्रिपाठी पनि नागरिकको मौलिक हकका रुपमा रहेको गास, बास र कपासको आवश्यकता तत्काल पूरा नगरे उनीहरुको नैसर्गिक अधिकार हनन् हुने बताउँछन्। ‘समयमा नै राज्यले नागरिकलाई बचाउनका लागि राहत र उद्धार गर्नुपर्छ, बाँच्न पाउने हक नागरिकको मौलिक हक हो’, उनले भने, ‘कोही राहत नपाएर भोकै मर्नुपर्ने अवस्था नआओस्। यसतर्फ सरकार र नागरिक सबैले गम्भीर हुनुपर्छ।’ -रासस

प्रकाशित: २०८१ असोज १७ गते बिहिबार ११:०८
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...

कोप-३१ मा पर्वत र जलवायुलाई छुट्टै एजेन्डा बनाउन नेपालको प्रस्ताव

नेपाल र भुटानले कोप ३१ मा पर्वत र जलवायु परिवर्तनलाई छुट्टै एजेन्डाका रूपमा अघि सार्न संयुक्त प्रस्ताव पेस गर्ने सहमति गरेका थिए। तर, टर्कीको अन्ताल्यामा चलिरहेको सम्मेलनमा किर्गिस्तान, नेपाल...

एनपीएल : आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना