काठमाडौँ- हालैको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३९ पुगेको छ। विभिन्न स्थानमा १९ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ।
बाढीपहिरोमा परेका १७७ जना घाइतेलाई उद्धार गरी उपचार गरिएको छ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार १३१ जनाको उद्धार गरिएको छ।
अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ।
हाल देशका ५ राजमार्ग पूर्ण रूपमा ठप्प छन्। काठमाडौँबाट पूर्वी क्षेत्र जान प्रयोग हुने ठूलो राजमार्ग बीपीमा सबैभन्दा बढी क्षति भएको छ।


