काठमाडौँ- भुटान भ्रमणमा रहेका नेपालका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँका राजा जिग्मे सिङ्गे वाङचुकसँग भेटेका छन्।
भुटान नरेश (राजा) जिग्मे केशर नामग्यालका बुवा अर्थात् यसअघिका भुटान नरेश जिग्मे सिङ्गे वाङचुकसँग शुक्रबार भेट गरेका हुन्।
नेपालका पूर्वराजा शाह र भुटानका पूर्वराजा वाङ्चुक भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजका सहपाठी पनि हुन्।
भुटान भ्रमणमा छोरी प्रेरणा र भतिजी सिताश्मा लिएर बिहीबार पुगेका पूर्वराजा शाहलाई विमानस्थलका त्यहाँकी राजकुमारीले स्वागत गरेकी थिइन्।
स्रोतका अनुसार नेपालका पूर्वराजा शाह संरक्षणसम्बन्धी एक कार्यक्रममा सहभागी हुनुका साथै अन्य निजी कामका सिलसिलामा भुटान पुगेका हुन्।


