बरहथवा (सर्लाही)- जिल्लाको बसवरिया गाउँपालिकास्थित झाझ खोलामा डुबेर एक बालकको मृत्यु भएको छ।
शुक्रबार साँझ बसवरिया गाउँपालिका–४, गोनर्वा निवासी सुरेन्द्र भण्डारीको १० वर्षीय छोरा चन्दनको नुहाउने क्रममा झाझ खोलामा डुबेर ज्यान गएको हो।
बालक नुहाउने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए। उनको खोजी गरी उद्धार गरेर हनुमन्त अस्पताल पुर्याएको थियो।
अस्पतालका चिकित्सकले लगत्तै मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।
बालकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ।
