काठमाडौँ- गत असोज १० देखि १२ गतेसम्म भएको अविरल वर्षापछि भएका विपद्का पीडितलाई तत्कालै राहत उपलब्ध गराउन माग गर्दै प्रदर्शन गर्ने ६ जना पक्राउ परेका छन्।
उनीहरू आइतबार सिंहदरबारको दक्षिण गेटबाट पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए।
उनीहरूले विपद्का पीडितहरूलाई राहत उपलब्ध गराउन माग गर्दै कालो झण्डा देखाएका थिए। यसपछि उनीहरूलाई पक्राउ गरिएको हो।
उनीहरू मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी क्रान्तिकारी)समर्थित युवाहरू रहेको बताइएको छ।
