काठमाडौं। नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बडा दशैंको विशेष अवसर पारेर हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ।
बडा दशैंको उत्साहमा अझै उमङ्ग थप्न नेपाल लाइफ इन्स्योरेन्सले ‘हामीलाई त बडा दशैं लाग्यो है!’ शिर्षकमा टिकटक प्रतिस्पर्धाको आयोजना गरेको हो।
हामीलाई त बडा दशैं लाग्यो है! शिर्षकमा टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुपर्नेछ। नेपाल लाइफबाट उपलब्ध जिङ्गलमा टिकटक बनाएर अपलोड गर्नेमध्ये उत्कृष्ट तीन प्रतिस्पर्धीहरुलाई क्रमश ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।
विजेता चयन भ्युज, लाइक, सेयर र प्रस्तुतिको आधारमा तय हुनेछ भने यस टिकटक प्रतिस्पर्धामा देशैभरबाट इच्छुक सबैले यही मिति २०८१ असोज १७ गतेदेखि कात्तिक २४ गतेसम्म सहभागी हुन सक्नेछन्।
दशैंले ल्याएको उत्साहसँगै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ल्याएको यस मनोरञ्जनात्मक कार्यक्रममा उल्लेख्य सहभागिताको अपेक्षा गरिएको कम्पनीले जनाएको छ। सबैको लागि यो बडा दशैं रमाइलो रहोस् भन्ने कामना सहित यो मनोरञ्जनात्मक कार्यक्रममा आफ्नो रचनात्मक प्रस्तुति देखाएर उपहार जित्नको लागि सबैलाई आह्वान गरेको नेपाल लाइफले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले वडा दशैं २०८१ को पावन अवसरमा आयोजित यस प्रतियोगितामा सहभागी हुन आग्रह गरेका छन्। कम्पनीले आगामी दिनमा समेत यस्ता रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने जनाएको छ।


