पेरिस- किशोरकिशोरीलाई धुमपानबाट जोगाउन सक्दा मात्रै पनि १२ लाख मानिसलाई फोक्सो क्यान्सरबाट हुन सक्ने मृत्युबाट जोगाउन सकिने अध्ययनले देखाएको छ।
सन् २००६ देखि सन् २०१० सम्म जन्म भएकाहरूलाई सुर्तीजन्य पदार्थ बिक्री गर्न रोक लगाउँदा मात्रै पनि १२ लाखलाई जोगाउन सकिने उक्त अध्ययनले देखाएको हो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सबैभन्दा बढी घातक देखिएको फोक्सोको क्यान्सर गराउने कारकमध्ये धुमपान मात्रै झन्डै ८५ प्रतिशत जिम्मेवार छ।
यही प्रवृत्तिको निरन्तरता रहिरहे सन् २००६ देखि २०१० भित्र जन्मिएका व्यक्तिमध्ये करिब ३० लाख जना फोक्सोको क्यान्सरका कारण मृत्यु हुने डब्लुएचओको इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आइएआरसी)ले गरेको अध्ययनले देखाएको हो।
उक्त समयावधिमा जन्मिएका ६५ करोड मानिसका लागि सूर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाए सन् २०९५ १२ लाख मानिसलाई बचाउन सकिने ल्यानसेट जर्नलमा प्रकाशित छ।
केही देशमा तमाखुमुक्त पुस्ता निर्माण गर्न महत्वाकांक्षी र आक्रामक योजना लागू भएको छ। न्युजिल्यान्ड, अस्ट्रेलिया, र संयुक्त राज्य अमेरिकाका केही राज्यमा यो योजना लागू भइसकेको छ।
१८५ देशमा सुर्तीजन्य पदार्थको सेवनबाट हुने क्यान्सरको असर र मृत्युको अवस्थाबारे गरिएको अध्ययनमध्ये यो एक हो।
संसारभर फोक्सोका क्यान्सरबाट मृत्यु हुने पुरुषमध्ये ४५ प्रतिशत र महिलामध्ये ३१ प्रतिशतलाई बचाउन सकिने उक्त अध्ययनको निष्कर्ष छ।
‘यस्तो भिन्नता देखिनुको कारण चाहिँ विगतका केही दशकयता तमाखु उद्योगले गर्दै आएको लिंगलक्षित बजार प्रर्वद्धनसँग सम्बन्धित छ,’ आईएआरसी अनुसन्धानकर्ता तथा शोधकी सहलेखिका इजावेल सर्जमाटरमले भनेकी छन्।
उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्युजिल्यान्डका केही क्षेत्रमा तमाखु बिक्रीमा प्रतिबन्ध लगाउँदा पुरुषभन्दा महिलाको मृत्युलाई रोक्न सघाउने अनुसन्धानले सुझाएको छ।
सुर्तीजन्य पदार्थको बिक्रीविरणमा रोक लगाउँदा पश्चिमी युरोपका जोखिममा रहेका ७८ प्रतिशत महिलालाई बचाउन सकिन्छ। मध्य तथा पूर्वी युरोपमा जोखिममा रहेका ७५ प्रतिशतलाई बचाउन सकिन्छ। लिंगका आधारमा सबैभन्दा बढीलाई बचाउन सकिने क्षेत्र यिनै हुन्।
अध्ययनले विश्वलाई नै गम्भीर चेतावनी दिँदै भनेको छ‘हामीले अनुमान गरेको मृत्यु रोक्न सकिने सम्भावना छैन। यो दीर्घकालीन क्यान्सरसँग सम्बन्धित अन्य जोखिमका कारकहरु जस्तै वायु प्रदुषण वा दोस्रो व्यक्तिकै हातबाट हुने धुम्रपान र धुम्रपानका अम्मलीसँग अर्का व्यक्तिको सम्पर्ककै कारण पनि रोक्न गाह्रो छ।’
केही देशमा तमाखुमुक्त पुस्ता निर्माण गर्न महत्वाकांक्षी र आक्रामक योजना लागू भएको छ। न्युजिल्यान्ड, अस्ट्रेलिया, र संयुक्त राज्य अमेरिकाका केही राज्यमा यो योजना लागू भइसकेको छ।
सन् २००८ पछि जन्मिएका व्यक्तिहरुलाई चुरोट बिक्रीमा प्रतिबन्ध गर्ने पहिलो देश न्युजिल्यान्ड बनेको थियो। सन् २०२२ मा न्युजिल्यान्डले यस्तो नीति अख्तियार गरेको थियो। तर पछिल्ला वर्षहरुमा उक्त देशको नयाँ कन्जरभेटिभ सरकारले यस उपायलाई हटाउने योजना बनाएको घोषणा गरेको छ।
तर बेलायतमा लेबर पार्टीको सरकारले पूर्व कन्जरभेटिभ प्रधानमन्त्री ऋषि सुनकको योजनाप्रति समर्थन जनाएको छ। जसले सन् २००९ जनवरीपछि जन्मिएका कुनै पनि व्यक्तिलाई चुरोट बिक्रीमा प्रतिबन्ध लगाउने योजना बनाएको छ।
उक्त र्जनलका लेखकले जोड दिँदै भनेका छन्, ‘तमाखुयुक्त पिँडी निर्माण गर्ने नीति स्वास्थ्य संकटलाई समाधान गर्न पर्याप्त थिएनन्।’
उनीहरुबाट चुरोटमा कर बढाउने जस्ता वैधानिक उपाय अवलम्बन गर्न र धुम्रपानमुक्त वातावरण निर्माणमा जोड दिन गम्भीर चासो व्यक्त भएको छ।
–एएफपी


