काठमाडौँ- प्रभु समूहले बाढीपहिरो पीडितलाई सहयोगार्थ २ करोड रुपैयाँ सहयोग गरेको छ। सोमबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुने गरी ग्रुपका विभिन्न संस्थाका अध्यक्षहरूले उक्त रकमको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन्।
प्रभावित परिवारका लागि सहायता पुगोस् भन्ने उद्धेश्यका साथै पीडितहरुको खोजतलास, उद्धार र राहतकार्यमा सहयोग पुगोस् भन्ने हेतुले रकम हस्तान्तरण गरिएको हो।
प्रभु बैँकका अध्यक्ष देवीप्रसाद भट्टचनले १ करोड, प्रभु इन्स्योरेन्स लिमिटेडका अध्यक्ष राजेन्द्र मल्लले २५ लाख, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका अध्यक्ष शिक्षा भट्टचनले २५ लाख र प्रभु क्यापिटलका अध्यक्ष एलपी भानु शर्माबाट रु २५ लाखको चेक प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्।
संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रभु समूहका देवी प्रकाश भट्टचनले प्रधानमन्त्री ओलीलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको बताए।
सहयोग रकमले बाढी पहिरो तथा डुबानबाट पीडितहरुको स्वास्थ्य उपचार तथा उद्धार कार्यमा सहायता पुग्ने अपेक्षा प्रभु समूहको छ।


