२०८३ कार्तिक २६ गते बुधबार

सिंहदरवार नजिकै नागरिकको उठिबास, सरकार मनाउँदैछ सुरक्षित आवास दिवस

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २१
nakhkhu-khola
असोज १२ गते बिहान नख्खुखोलाको बाढी पसेपछि डुबेको घरको छतमा रहेका ४ जना। उनीहरूलाई सोही खोलाले बगाएपछि ३ जनाको उद्धार भएको थियो भने एक जना अझसम्म पनि बेपत्ता छन्।

काठमाडौँ- आज विश्वभर आवास(बसोबास) दिवस मनाइँदै छ। सरकारले यस वर्ष नेपालमा ‘कर्मशील युवा : समुन्नत सहर’ नाराका साथ विश्व बसोवास दिवस २०८१ मनाइरहेको छ।

काठमाडौं उपत्यकालगायत देशका १४ जिल्लाको अवस्थाले आवास दिवसलाई गिज्याइरहेको छ। बाढी र पहिरोले धेरै मानिसहरुको उठिबास भएको छ।

नदी किनारमा बसोबास गर्नेहरुको घरबास गुमेको छ। काठमाडौँका थुप्रै बस्तीहरुमा धेरैको छानो खोसिएको छ र घरहरु बाढीको चपेटामा परेको छ।

देशको प्रमुख प्रशासकीय निकाय सिंहदरबार काठमाडौं नजिकका शंखमूल, चोभार, बल्खु, थापाथली, कोटेश्वर नरेफाँट तथा ललितपुरका टीकाभैरव, नख्खु, टीकाथली, गोदावरी, लामाटार सिस्नेरी, काभ्रेको पनौती, सिन्धुलीको खुर्कोटलगायतका स्थान अहिले बाढी तथा पहिरोको चपेटामा छ भने केही स्थान उजाड बनेका छन्।

काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, ताप्लेजुङ, पाँचथरसहितका केही जिल्लाहरुमा अहिले बाढी तथा पहिरो प्रभावित स्थानीयहरु घर छाडेर हिँडेका छन्।

सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको यो दिवसमार्फत दिगो सहरी विकास प्रवर्दन गर्ने लक्ष्यसमेत राखिएको छ। तर यसैबर्ष सयौं नेपालीहरुले वासस्थानको अभाव झेलिरहेका छन्।

सहरी विकास तथा भवन निर्माण विभागले सरकारी एवं गैरसरकारी क्षेत्रबाट मनाउन सुरु गरेको यो दिवस नेपालले मनाउन सुरु गरेको २३ वर्ष भइसकेको छ। तर यी २३ वर्षहरुमा नेपालमा सहरी क्षेत्रको आवासको व्यवस्थापन झनै फितलो देखिन्छ।

सहरी क्षेत्रमा घर तथा भवन निर्माण गर्दा होस् या त विकास निर्माणका सन्दर्भमा नै किन नहोस् व्यवस्थित आवासीय अवस्थालाई ध्यान दिएको पाइंदैन।

फितलो नीति र योजनाका कारण नेपालमा स–साना विपद्को अवस्थामा पनि धेरै जनधनको क्षति हुने गरेको पाइन्छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार गत ११ र १२ असोजमा परेको अविरल वर्षाका कारण मात्रै बाढी तथा पहिरोमा परी ४ हजार ६६७ घरहरु पूर्ण रुपमा क्षति पुगेको तथ्यांक छ। यसैगरी ५ हजार ३१० घरमा आंशिक क्षति पुगेको छ।

१६ हजार २४३ परिवार बाढीपहिरोबाट प्रभावित भएका छन् भने १० हजार ८०७ जना विस्थापित भएका छन्। बाढी पहिरोमा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ। अझै १९ जना बेपत्ता छन् भने १७९ जना घाइते छन्। बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ।

बाढीपहिरोबाट घर गुमाएकाहरूलाई अस्थायी आवास बनाउन सरकारले अनुदान रकम दिने घोषणा गरेपनि त्यो कार्यान्वयनमा नआउँदा पीडितहरुको बिल्लिबाठ भएको छ। लाभग्राही पहिचान भएको तीन दिनभित्रमा पहिलो किस्ताको अनुदान दिइसक्ने निर्णय भएपनि त्यो कार्यान्वयन हुन सकेको छैन।

नेपालको संविधान (२०७२) को मौलिक हकका रुपमा प्रत्येक नागरिकलाई आवास अधिकार हुने प्रत्याभूति गरिएको छ। संविधानको धारा ३७ मा प्रत्येक नागरिकलाई उपयुक्त आवास हकको व्यवस्था गर्दै कुनैपनि नागरिकलाई निजको स्वामित्वमा रहेको वासस्थनबाट हटाइने वा अतिक्रमण नगरिने उल्लेख छ। तर प्रक्रिया मिचेर घर बनाउने श्रृखंला नरोकिंदा विशेषगरी खोला तथा नदी किनारमा नागरिकहरु बाढीको चपेटामा पर्दै आइरहेका छन्।

सरकारले दिगो विकास लक्ष्यले एक दशमलव एकले समावेशी तथा दिगो सहरीकरण गर्ने लक्ष्य लिएको छ। दिगो सहरीकरणका लागि दीर्घकालिन योजना बनाइने गरेको भएपनि योजना फितलो हुँदा प्रभावकारी देखिएका छैनन्।
दिगो सहरीकरणका लागि सहरी विकास मन्त्रालय तथा विभागले सघन सहरी विकास कार्यक्रम, क्षेत्रीय सहरी विकास आयोजना, सहरी करिडोर आयोजना, नयाँ सहर आयोजनामार्फत विभिन्न स्थानीय तहमा सामाजिक तथा आर्थिक पूर्वाधार विकासका कार्यक्रमहरु गर्दै आएका छन्।

संयुक्त राष्ट्र संघीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) को आह्वानमा सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबारका दिन यो दिवस मनाइरहेको छ। नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको पाइन्छ।

प्रकाशित: २०८१ असोज २१ गते सोमबार ०३:०६
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना