सिन्धुली- काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक सिन्धुलीमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
सोमबार दिउँसो मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटनामा दुई यात्रीको मृत्यु भएको हो।
बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दिउँसो ३ बजे आसपास भएको दुर्घटना भएको थियो।
घटनास्थलमै उनीहरूको मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।


