२०८३ कार्तिक १५ गते शनिवार

मुस्ताङमा शुक्रबारदेखि इन्टरनेसनल माउन्टेन आर्ट फेस्टिभल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक २
upper-mustang

पोखरा- हिमाल पारीको जिल्ला एवं प्रसिद्ध पर्यटकीय गन्तव्य मुस्ताङमा प्रकृति, संस्कृति र सिर्जनशीलताको उत्सवका रूपमा शुक्रबारदेखि आगामी ८ गतेसम्म साताव्यापी इन्टरनेसनल माउन्टन आर्ट फेस्टिभल हुँदैछ।

महोत्सवमा नेपालका श्रीजन राजकर्णिकार, एरिना ताम्रकार, हरेराम जोजू, एनबि गुरुङ, वाङ लामा, मनोज तामाङ, आकाश गुरुङ, ध्वज गुरुङ, नवीन नाल्बो लगायत थाइल्याण्ड, पोल्याण्ड, रुमानिया, इन्डोनेसिया, ताइवान, र भुटानका १६ जना कलाकारहरूले हिमाली क्षेत्रमा तत्स्थानीय सजीव चित्रकला र सिर्जनात्मक प्रस्तुति दिने जनाइएको छ।

महोत्सवमा काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव अन्तर्गत हुने फिल्म प्रदर्शनीले पर्वतीय समुदायको कथा र प्रकृतिको सौन्दर्यलाई सिनेमा माध्यमबाट प्रस्तुत गर्नेछ। फिल्म प्रदर्शनीले हिमाली जनजीवनको संघर्ष, सफलताका कथा र प्राकृतिक छटालाई पर्दामा उतार्नेछ, जसले दर्शकलाई हिमाली जीवनशैलीको अनभिज्ञ पक्षहरूसँग जोड्नेछ।

हिमाली क्षेत्रको भूगर्भीय विशेषता महोत्सवको अर्को आकर्षण हो। फोसिल हन्ट र स्टोन आर्ट कार्यक्रमले पुराना जीवाश्महरूको खोजी र त्यसमा आधारित कला सिर्जनालाई प्रोत्साहित गर्नेछ। हिमाली क्षेत्रको समृद्ध इतिहास र भूगर्भीय महत्वलाई कलात्मक रूपमा प्रस्तुत गर्नु यसको उद्धेश्य हो।

महोत्सवमा संस्कृति र परम्परालाई जीवन्त राख्न स्थानीय सङ्गीत, नृत्य र साँस्कृतिक कार्यक्रमहरू पनि राखिएको छ। स्थानीय र अन्तर्राष्ट्रिय संगीतकारहरूले हिमाली क्षेत्रको शान्त वातावरणमा साँगीतिक प्रस्तुति दिँदै ध्वनि उपचार जस्तो पारम्परिक विधिको उपयोगले मानसिक र शारीरिक सन्तुलनको अनुभूति गराउन महत्वपूर्ण भूमिका खेल्ने छन्।

मुस्ताङ आर्ट प्रोजेक्टद्वारा आयोजित महोत्सवमा मुख्य प्रायोजकहरूमा रेडहाउस लज र थाङविल्ला रहेका छन्। महोत्सवलाई युरोपियन युनियनले सहयोग गरेकोे छ। मुस्ताङको प्राचीन साँस्कृतिक धरोहरलाई जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको यो महोत्सवले नेपाललाई विश्व साँस्कृतिक क्षेत्रमा स्थापित गर्ने अभिप्राय राखेको छ।

महोत्सवले हिमाली जीवनशैली, प्राकृतिक सौन्दर्य र साँस्कृतिक विविधताको महत्वलाई कलाको माध्यमबाट उजागर गर्दै स्थानीय पर्यटनलाई प्रोत्साहन गर्न, अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला र संस्कृति प्रस्तुत गर्न, मुस्ताङ क्षेत्रलाई थप लोकप्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाइएको छ।

महोत्सवले स्थानीय स्तरमा रोजगार सिर्जना गर्न, साँस्कृतिक सम्पदाको संरक्षणमा टेवा पुर्‍याउन र अन्तर्राष्ट्रिय स्तरमा नेपालको साँस्कृतिक पहिचानलाई मजबुत बनाउन सक्ने सम्भावना रहेको छ। प्रकृति, संस्कृति र कलालाई एउटै मञ्चमा प्रस्तुत गर्दा मानव र प्रकृतिको अनन्त सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पुर्‍याउने आयोजकले जनाएको छ।

प्रकृति, संस्कृति र सिर्जनशीलता मिश्रित अद्वितीय महोत्सवले मुस्ताङलाई सिंगो विश्वको साँस्कृतिक केन्द्रको रूपमा चिनाउन मद्दत गर्नेछ। यो महोत्सव नेपालका लागि मात्र नभइ समग्र विश्वका कला प्रेमीहरूका लागि प्रेरणाको स्रोत बन्न सक्ने दावी आयोजकको छ।

प्रकाशित: २०८१ कार्तिक २ गते शुक्रबार ०४:३३
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना