काठमाडाैँ- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका लागि राय सझुाव पेस गरेको छ। नाडाले अर्थ मन्त्रालयलाई नीतिगत राय पेस गरेको हो।
नाडाले सवारी साधनको भन्सार तथा अन्तःशुल्क महसुल घटाउन मन्त्रालयलाई सुझाएको छ। नेपालमै सवारी साधन आयात गर्दा बोन्डेड वेयरहाउसको व्यवस्था हुनुपर्नेसमेत माग नाडाको छ।
२० वर्ष पुराना सवारी साधन नष्ट गरी नयाँ सवारी साधन लिँदा भन्सार महसुलमा छुट तथा सुविधाको व्यवस्था गर्न पनि नाडाको माग छ।
मोटरसाइकलको सडक मर्मत शुल्क घटाउन पनि उसको सुझाव छ।
यस्तो छ नाडाको सुझाव


