काठमाडौं- जारी साफ वुमन्स च्याम्पियनसिप २०२४ मा नेपालले आझ आफ्नो दोस्रो खेलमा माल्दिभ्ससँग खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुने खेलमा नेपालका तर्फबाट अग्रपंक्तीकी चर्चित खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ पनि खेल्ने सम्भावना छ।
यसअघि समूह बी को पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको थियो। सो खेलमा साम्बा सहभागी थिइनन्।
भुटानसँगको खेलमा डिफेण्डर हिरा भुजेल र मिडफिल्डर दीपा शाहीको घाइते भएकाले उनीहरुले आजको खेलमा सहभागी हुने छैनन्।


