काठमाडौँ- माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेको छ।
बाढीपीडितको राहतमा खर्चन माछापुच्छ्रे बैंकले २५ लाख रुपैयाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको हो।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका अध्यक्ष रोशन केसीले ओलीलाई आइतबार २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंक ब्यवस्थापनका उच्च पदस्थ पदाधिकारीहरुको उपस्थिति रहेको थियो।


