पोखरा- डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशन पोखरामा सुरु भएको छ। २ दिन चल्ने अधिवेशनको भट्टराईले सोमबार पोखरा सभागृहमा उद्घाटन गरे।
अधिवेशनले पार्टीको प्रस्तावित विधान पारित गर्ने कार्यक्रम छ। विभिन्न जिल्लाबाट आएका झन्डै ५ सय प्रतिनिधि अधिवेशनमा सहभागी छन्। उनीहरुबीच समूह विभाजन गरी प्रस्तावित विधानमाथि छलफल चलाइएको नेसपा गण्डकी संयोजक किरण थापाले जानकारी दिएका छन्।
नेसपा गठन भएयता पहिलोपटक अधिवेशनमार्फतै उक्त पार्टीले विधान बनाउन लागेको हो। विधान अधिवेशनले नयाँ वैकल्पिक शक्ति र समाजवादको अपरिहार्यताबारे छलफल गर्नेछ।
नेसपाले आउँदो माघमा अधिवेशन गरी पार्टी संगठनका पदाधिकारीहरुसमेत औपचारिक रुपमा चयन गर्ने भएको छ।


