काठमाडौँँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक डाकेका छन्।
बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा दलहरूको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारको एकसय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्ने तयारी छ।


