काठमाडौँ- काठमाडौँको आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेका मजदुरको मृत्यु भएको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार काठमाडौँ महानगरपालिका–३१ आलोकनगरस्थित भिटु श्रेष्ठको निर्माणाधीन घरमा काम गरिरहेका बेला उनी चौथो तलाबाट लडेका थिए।
घाइते भएका उनको उपचारका क्रममा मीनभवनस्थित सिभिल अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ।


