काठमाडौँ- सरकारले दार्चुला जिल्ला व्यास नगरपालिका छाङरुको सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ।
नेपालको चुच्चे नक्सामा समावेश भएका लिम्पियाधुरा र लिपुलेकबाट नजिकै पर्ने सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय बिहिबारको मन्त्रिपरिषद् बैठकले गरेको हो।
यस्तै इलामको पशुपतिनगरको सीमा प्रशासन कार्यालय र अध्यागमन कार्यालय पनि खारेज गर्ने निर्णय बैठकले गरेको छ।
अध्यागन कार्यालय मुस्ताङ, अध्यागमन तथा प्रशासन कार्यालय तिंकर र अध्यागमन तथा प्रशासन कार्यालय पशुपतिनगरका दरबन्दी तेरिज गर्ने पनि निर्णय गरीएको छ।
यस्तै, स्लोभानियासमेत ११ स्थानका अवैतनिक वाणिज्यदूत र महावाणिज्यदूतहरूको पदाधवि एक अवधि अर्थात् चार वर्ष थप गरेको छ।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँचथरको फालेलुङ गाउँपालिका-५ मा भएको बम विष्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रतिपरिवार बिलबमोजिम पाँच लाख रुपैयाँसम्म आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए।
यस्तै, मन्त्रिपरिषद बैठकले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पूर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय गरेको छ।
यस्ता छन् निर्णयहरू




