२०८३ कार्तिक २६ गते बुधबार

असोजमा मात्रै सगरमाथा क्षेत्र पुगे ९ हजार पर्यटक

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १०
mount_everest

सोलुखुम्बु– विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा गत असोज महिनामा झन्डै नौ हजार पर्यटकले भ्रमण गरेका छन्। सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ कि आठ हजार नौ सय दुईजना पर्यटक खुम्बु क्षेत्रमा आएका थिए।

यसबाट निकुञ्जले रु दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३को मध्यमार्थी राजस्व सङ्कलन गरेको कार्यालयका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए। उनले भने, ‘निकुञ्जले प्रतिपर्यटक नेपाली रु एक सय, सार्क मुलुकका नागरिकका लागि रु एक हजार पाँच सय र अन्य मुलुकका लागि रु तीन हजार शुल्क लिन्छ।’

चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा १२५ र भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए। साउनमा रु तीन लाख ४५ हजार नौ सय ७५ र भदौमा रु ३२ लाख ३६ हजार छ सय ९६को मध्यमार्थी राजस्व सङ्कलन भएको श्रेष्ठले बताए।

‘अहिले यहाँ पर्यटकको ‘सिजन’ चलिरहेकाले पर्यटकको संख्या धेरै छ,” उनले थपे। “सगरमाथासहितका हिमाल क्षेत्रहरूको आकर्षणका कारण पर्यटक आवगमन बढेको छ।’

पर्यटकहरू काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज वा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन्, भने कतिपय सडकमार्गबाट सल्लेरी हुँदै लुक्ला जान्छन्। फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनामा मुख्य पर्यटकीय सिजन मानिन्छ, जबकि अन्य समयलाई ‘अफसिजन’ मानिन्छ।

सिजनमा दैनिक एक हजारभन्दा बढी पर्यटकको प्रवेश भइरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ। यस निकुञ्जमा हिमाल आरोहण, वन्यजन्तु अवलोकन, र साहसिक पर्यटनका लागि पर्यटकको चासो अत्यधिक रहेको छ।

सगरमाथा राष्ट्रिय निकुञ्ज १,१४८ वर्ग किमीमा फैलिएको छ र यसमा सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, र थामसेर्कु जस्ता हिमचुचुराहरू छन्। गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो।

सन् १९७९ देखि यो निकुञ्ज विश्व सम्पदा सूचीमा समावेश गरिएको छ र यसको उचाइ १,८०० मिटरदेखि ८,८४८ मिटरसम्म फैलिएको छ। यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, र चुँगजस्ता पक्षी पाइन्छन्।

प्रकाशित: २०८१ कार्तिक १० गते शनिवार ०८:००
प्रतिक्रिया

थप समाचार

भाइटीकाको शुभसाइत कति बेला? कता फर्किने?

काठमाडौँः नेपाली तथा हिन्दु धर्मावलम्बीहरूको ठूलो पर्व दीपावलीको आज अन्तिम दिन भाइटीका मनाइँदैछ। यमपञ्चकको पाँचौँ दिन अर्थात् कार्तिक शुक्ल द्वितीयाका यमुनाले आफ्ना दाजु यमराजलाई विशेष...

‘नरमाइलो’ लाग्छ तिहार

‘टिभीमा तिहारका गीत बज्दा आँखाबाट आँसु आउन थाल्छ, च्यानल बदलिहाल्छु,’

चाैथाे जितसहित सुदूरपश्चिम प्लेअफनजिक

सुदूरपश्चिम राेयल्सले राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा चाैथाे जित निकालेकाे छ। चाैथाे जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुर बाेल्ट्सलाई २७ रनले हरायाे।...

अमेरिकी रक्षामन्त्री हेग्सेथविरुद्ध उनकै दलका एक सांसदले अघि सारे महाभियोग प्रस्ताव

बीबीसी। अमेरिकामा एक रिपब्लिकन सांसदले यस साता तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा रक्षामन्त्री पिट हेग्सेथविरुद्ध महाभियोग प्रस्तावमा मतदान गराउने योजना बनाएका छन्। उनले हेग्सेथले...

महँगीको असर मिठाई बजारमा, ग्राहक बढे पनि व्यापार खुम्चियो

काठमाडौँ: तिहारमा मिठाईको उपभोग गर्ने उपभोक्ताको संख्या बढे पनि खरिद गर्ने परिमाण भने घटेको मिठाई व्यवसायीहरूले बताएका छन्। विगतका वर्षमा चाडपर्वका बेला मिठाईको व्यापार बढ्ने गरेको भए पनि...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।
company_ra
समाचार

लगानीकर्ता संरक्षण कोषमा १ अर्ब उपयोगविहिन, सेबोन मातहत ल्याउन सम्भव छ?

कम्पनी रजिस्ट्रारको कार्यालयमा रहेको कोषलाई सेबोन मातहत ल्याएर बजारमा संकट पर्दा लगानीकर्तालाई राहत दिने, क्षतिपूर्तिको व्यवस्था गर्ने, वित्तीय साक्षरता बढाउने तथा बजारको स्थायित्व कायम...
karnali_dev_bank
बैंकिङ

समस्याग्रस्त कर्णाली विकास बैंकको पछिल्लो अवस्था के छ?

यसरी कर्णाली डेभलपमेन्ट बैंकको भविष्य अझै राष्ट्र बैंकले तय गर्ने व्यवस्थापन र पुनः सञ्चालनको मोडालिटीमा निर्भर छ। तत्कालका लागि ऋण असुलीमार्फत साना निक्षेपकर्तालाई रकम फिर्ता गर्ने प्रयास...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना