काठमाडौँ– बाराको महागढीमाई नगरपालिका–१, नैकाटोलमा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी ५० वर्षीय श्रीनारायण यादवको हत्या गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार यादवलाई गएराति करिब ८ बजे घर नजिकैको सडकमा गर्धनमा हतियार प्रहार गरिएको थियो।
उनलाई तुरुन्त प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको डिएसपी सापकोटाले बताए।
प्रहरीले यस हत्याबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


