काठमाडौँ- सर्वोच्च अदालतमा न्यायाधीशका लागि प्रस्तावित नृपध्वज निरौला र नित्यानन्द पाण्डेको संसदीय सुनुवाइ कात्तिक १४ (बुधबार) हुने भएको छ।
सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले यस्तो निर्णय लिएकव हो। उनीहरुसँगै बेल्जियमका लागि राजदूतमा सिफारिस भएकी सेवा लम्सालको पनि सुनुवाइ हुनेछ।
ज्येष्ठ सदस्य (सभापति) पशुपति शमशेर जबराका अनुसार त्यसअघि नै उनीहरू तीन जनाका सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्ट्याईं र औचित्यतता प्रष्ट गर्न लगाइनेछ।
बेल्जियमका लागि प्रस्तावित राजदूत लम्साल परराष्ट्र सचिव छिन्।
समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ।


