कास्की- कास्कीमा पटाका बनाउने क्रममा एक किशोर घाइते भएका छन्।
पोखरा महानगरपालिका वडा नं. २१ फुर्सेखोला रोइकरे बस्ने १७ वर्षीय असिम परियार घाइते भएका हुन्।
आल्मुनियमको पातामा २० बट्टा सलाईको काँटी प्रयोग गरी उनले पटाका बनाउन लागेका थिए।
पटाका बनाउने क्रममा अचानक पड्किन जाँदा घाइते उनी घाइते बनेका थिए।
उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि कीर्तिपुर अस्पतालका लागि रिफर गरिएको छ।
ती किशोरको शरीरको विभिन्न स्थानमा चोट लागेको छ।


