२०८३ साउन १३ गते बुधबार

तिहारमा दाजुभाइ र दिदीबहिनीलाई कस्ता दिने उपहार?

 |  अरुणा उप्रेती
Sanket

अरुणा उप्रेती

काठमाडौँ, कार्तिक १४
aruna_upreti

काठमाडौँ- नेपालीले सांस्कृतिक पर्व तिहार ढोकामा आएको छ। यस पर्वलाई दाजुभाइ र दिदीबहिनीबीच विभिन्न उपहार पनि लिनेदिने पर्वका रुपमा पनि लिने गरिन्छ। दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार।

दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने, टीका लगाउने, पूजा गर्ने र त्यसपछि दाजुभाइले पनि दिदीबहिनीलाई स्नेहपूर्वक उपहार दिने एकदमै राम्रो चलन हो। यो चलनलाई जोगाउनुपर्छ। तर यो पर्व मनाउँदै गर्दा विभिन्न मसला र भोजन दाजुभाइलाई दिदा त्यस्तो भोजन कस्तो तरिकाले बनाइएको र कस्तो तेल प्रयोग गरिएको छ भनेर विचार चाहीँ गर्नुपर्छ।

तेलको गुणस्तरले भोजनको गुणस्तरमा पनि असर पार्ने हुँदा आफूले प्रेमपूर्वक दिएको खानेकुराले कुनै असर नगरोस् भन्ने कुरामा ध्यान दिनु आवश्यक छ। बारम्बार एउटै तेलको प्रयोग गर्दा त्यसमा नराम्रो खालको चिल्लो उत्पन्न हुन्छ। त्यसले मुटु र कलेजोलाई हानि पुर्‍याउँछ। यस्तो खाना खाएपछि दाजुभाइलाई समस्या उत्पन्न हुनसक्छ। त्यसमाथि पनि मधुमेह, उच्च रक्तचापको समस्या भएका व्यक्तिहरुमा झन् समस्या थपिन सक्छ। त्यसैले दिदीबहिनीले सबैलाई स्वास्थ्यकर हुने घरमा बनाइएका खानेकुराको बढी प्रयोग गरे दाजुभाइलाई ‘माया’ गरेको ठहरिन्छ।

तिहार पर्व मनाइरहँदा सन्तुलित र स्वस्थ खानेकुरातर्फ ध्यान दिन जरुरी छ। यो बेलामा विभिन्न तरिकाले बनाएका बढी मासु खाँदा स्वास्थ्यमा समस्या पनि आउन सक्छ। धेरै चिल्लो, मसला र पिरो राखेर पकाएको मासु स्वादिष्ट त हुन्छ। भात, रोटी, चिउरासँग त्यो स्वादिष्ट मासु खाएर पेट टन्न हुँदा पनि जिब्रो अघाएन र जिब्रोले स्वाद खोज्यो भन्दै पुनः थपेर खाँदा पेटको स्वास्थमा असर गर्छ। जिब्रोको स्वादका आधारमा यसरी मासु र धेरै परिकार तथा अन्य खानेकुरा खाँदा स्वास्थमा अनेक समस्या आउन सक्छ। त्यसैले संयमित भएर भोजन गर्नुपर्छ।

पर्वका बेला कहिलेकाहीँ धेरै स्वादिष्ट मसलेदार मासु खाएको खण्डमा बिहान टन्न खाएमा दिउँसो खाजा नखाँदा पेटलाई आराम हुन्छ। पेट अटसमटस हुने गरी मासु खाँदा झाडापखाला लाग्ने, पेट दुख्ने समस्या निम्तिन सक्छ। मासुमा रेशादार तत्व हुँदैन। त्यसैले मासुसँगै हरियो सागसब्जी, दही, गेडागुडी, दाल फलफुल अनिवार्य रुपमा मिलाएर शरीरलाई चाहिने मात्रा सेवन गरेर सन्तुलित आहार खाँदा स्वस्थ बन्न सकिन्छ। यस्तो साधारण कुराको ज्ञान राखेर दिदीबहिनीले दाजुभाइलाई कसरी स्वस्थ बनाउने पनि विचार गर्नुपर्छ।

भाइमसलामा शरीरलाई चाहिने पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ। यस्तो खानेकुराको प्रयोग हामीले हलुवा, खिरमा मिसाएर पनि खान सकिन्छ। यसको प्रयोगले खानेकुरा मीठो र स्वस्थकर हुन्छ।

पहिला नेपालीलाई मासु खानका लागि दसैँ, तिहारजस्ता चाडपर्व नै कुर्नुपथ्र्यो। आजभन्दा ४४–४५ वर्षअघि दशैं, तिहारमा मासुभात, मासु चिउरा, मिठाइ खान पाइन्छ भनेर खुशी भइन्थ्यो। यही बेलामा मात्रै मन लागे जति मासु खान पाइन्थ्यो। अरुबेलामा त एक पाउ ल्याएर परिवारले खाने भएर होला, दशैं, तिहारको बेला धेरै मासु खाने चलन थियो।

अहिले मासु खान दशैं, तिहारजस्ता चाडपर्वमा पर्खिनु पर्दैन। दैनिक जीवनमा पनि हप्तामा एक/दुई चोटी मासु प्रायः धेरै परिवारमा पाक्छ। मासु मात्रै लगातार खाने अनि दाल, गेडागुडी, हरियो सागसब्जीलाई बेवास्ता गर्दा कब्जियतको समस्या हुन्छ। शरीरलाई चाहिने प्रोटिन तत्व प्राप्त गर्नका लागि सबै खानेकुरालाई मिलाएर खानुपर्छ।

चाडपर्वको बेला मासु बढी खाने तर अन्य स्वस्थकर खानेकुरालाई बेवास्ता गर्दा मधुमेह, युरिकएसिड, अत्याधिक मोटोपन, ग्यास्ट्रिक भएकाहरुलाई झन् समस्या पर्छ। विदेशतिर काँचो मासु काटेर डिप–फ्रिजमा राख्छन् र आफूलाई चाहिएका बेला निकालेर पकाउँछन्। हामीकहाँ चाँहि धेरै मासु एकैपटक पकाएर फ्रिजमा राख्ने, त्यसपछि पुनः खानेबेलामा सबै निकालेर एकैचोटी तताउने, चाहिएको खाने अनि फेरि फ्रिजमा राख्ने गरिन्छ। यसरी फ्रिजमा राख्दै, बाहिर निकाल्दै खाने अनि फेरि फ्रिजमा राख्ने गर्दा मासुमा भएको पौष्टिक तत्व र गुणत्मकता घट्छ। खानामा विषालु तत्व उत्पन्न पनि हुनसक्छ।

धेरै मासु एकैचोटी ल्याएर डिप–फ्रिजमा काँचो मासु राख्ने, जति चाहिन्छ, त्यति मात्रै निकालेर पकाउने गर्नुपर्छ। सकेसम्म जुनसुकै खानेकुराहरु फ्रिजमा राखेको २४ घण्टादेखि ४८ घण्टाभित्र खानुपर्छ। अहिले नसर्ने रोगहरुको बिगबिगी बढेकाले दाजुभाइको स्वास्थमा राम्रो फाइदा गर्ने भोजन दिनुपर्छ।

यदि कोही दाजुभाइहरु शाकाहारी छन् भने उनीलाई दही, दुध, पनिर, च्याउ, तोफु, फापर, विभिन्न थरिको रोटी, ढिँडो, चिउराका परिकार आदि खानेकुरा मिलाएर भोजन गराउँदा स्वाद र स्वास्थ दुवै पाइन्छ। तिहारमा चाडपर्वमा मिठाई कोसेली लैजान त बन्द नै गर्नुपर्छ। मैले त घरमा आउने पाहुनालाई ‘मिठाइ ल्याउँदा पनि नल्याउनुहोस्’ भनेको छु। म पनि अरुकोमा जाँदा फलफूल नै लैजान्छु। फलफूल लैजान सजिलो पनि छ। अलि सम्मान गर्ने व्यक्तिको घरमा जाँदा काजु लैजान्छु। गाउँबाट ल्याएको तामा, कोदो, फापर लैजान्छु। तिहारमा म कहिल्यै मिठाइ किन्दिन। अरुलाई उपहार दिँदा पनि दिन्न।

तिहारमा रमाइलो गरेर मनाइरहँदा स्वास्थ्य अवस्थालाई चाहिँ ध्यानमा राख्नुपर्छ। यो बेला चिल्लो धेरै खायो भने विरामी परिन्छ। त्यसको असर दीर्घकाल रुपमा पनि पर्न सक्छ। पाँच/छ फिटको शरीरको लागि तीन चार इञ्चको जिब्रोले ‘कन्ट्रोल’ गर्न नसक्दा समस्या पर्छ। दाजुभाइले पनि आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर खानपिन गर्नुपर्छ। यो बेला मासु तरकारी, दालभात, विभिन्न किसिमका परिकारहरु खाइन्छ।

भोजनले पेट भर्ने मात्र होइन, यो आनन्द पनि जोडिएको छ। पेट भर्ने घर परिवारसँग पाहुनालाई सँगै खाँदा छुट्टै आनन्द आउँछ। तर यस्तो बेला खानेकुरामा एकदमै विचार गर्नुपर्छ। दाजुभाइलाई पाहुना बोलाएको बेला विशेषगरी मासु एकदमै चिल्लो र मसलादार साथै हेर्दा राम्रो लाग्ने गरी बनाइन्छ। तर यस्तो मासु धेरै खाँदा स्वास्थमा असर गर्छ भन्ने कुरा बुझ्नुपर्छ। स्वास्थ्यलाई नराम्रो असर पर्ने कुराहरु सकेसम्म दाजुभाइलाई पर्वको बेला दिनु हँुदैन। मासु र भात पकाएर खाँदा पेट भरिए पनि मुख भरिएको छैन भनेर खाइन्छ।

पर्वको बेला धेरै चिल्लो, गुलियो पदार्थहरु चिसो पेयपदार्थहरु, मिठाइहरु खाँदा मानिसहरुको शरीरमा विशेषगरी कलेजोमा बोसो जम्ने समस्या हुन्छ। त्यही कारणले पनि चाडपर्वमा मासुदेखि मिठाइसम्म चिसो पेयपदार्थदेखि अन्य पेय पदार्थहरुसम्म सेवन गर्दा धेरै विचार गर्नुपर्छ। जुन वस्तुले स्वास्थ्यमा राम्रो असर पार्छ, त्यही खानुपदर्छ।

तिहारको बेला ‘ड्राइफुड्स्’का विभिन्न प्रकार जस्तैः काजु किसमिस, बदाम, ओखरको प्रयोग गरेर परिकार बनाउन सकिन्छ। यिनीहरु एकदमै स्वास्थ्यवद्र्धक खानेकुरा हुन्। तर यी खानेकुराको प्रयोग एकैपटक धेरै गर्नु भने हुँदैन। अलिअलि थोरैथोरै हरेक दिन खाने गरेमा स्वास्थमा सकारात्मक असर पर्छ। भाइमसलामा शरीरलाई चाहिने पौष्टिक तत्व प्रशस्त मात्रामा पाइन्छ। यस्तो खानेकुराको प्रयोग हामीले हलुवा, खिरमा मिसाएर पनि खान सकिन्छ। यसको प्रयोगले खानेकुरा मीठो र स्वस्थकर हुन्छ।

भाइमसलाहरु महँगो हुन्छ। काजु, ओखर आदि थोरै थोरै धेरै प्रकारका खानेकुरा बनाएर खाए पनि पुग्छ सकिन्छ। सस्तो बदामलाई गरिबहरुको काजु भनिन्छ, तिहारमा ‘बदाम’ प्रयोग गरेर विभिन्न परिकार बनाउन सकिन्छ। यो बेलामा दाजुभाइलाई बाहिरबाट ल्याइएका खानेकुरा दिनुभन्दा घरमा नै बनाइएका विभिन्न प्रकारका खानेकुरा स्वस्थकर हुन्छ। बाहिरबाट ल्याइएका प्याकेटका खानेकुरा उपहार दिंदा दाजुभाइको स्वास्थ्यलाई झन् नकारात्मक असर पार्छ। यस्ता खानेकुरा ल्याएर दाजुभाइलाई ‘माया गरेको’ नठाने हुन्छ।

हामीले तिहार पर्व दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको लागि मनाउँछौँ। त्यसैले उनीहरुको स्वास्थ्यको ख्याल राख्नु दिदीबहिनीको कर्तव्य हो। अहिले उपहारमा पनि अनेक फलफूलको जुस होइन, स्थानीय फलफूल नै दिनुपर्छ। बट्टाको फलफुलको जुसले शरीरमा धेरै बेफाइदा गर्छ। बट्टाको जुसहरुमा एकदमै धेरै चिनीको मात्रा हुन्छ। अहिलेको समयमा चिनीको प्रयोगले मानिसहरुलाई विभिन्न किसिमका समस्या आइपरेका छन्। त्यसमाथि यदि कसैका दाजुभाइ मधुमेहका बिरामी छन् भने त झनै समस्या हुन्छ।

त्यसकारणले बारीमा, पसलमा सजिलै पाइने अम्बा, सुन्तला, अमला हलुवाबेदजस्ता खानेकुराले दाजुभाइको तिहार विशेष बनाऔँ। खानेकुरा घरमा दाल, भात, तरकारी, माछामासु बनाउँदा पनि चिल्लो, पिरो कम गरी बनाउनु पर्छ। स्वादको लागि टमाटर, लप्सी, तिल, सिलाम, आलस, आलुको अचार बनाउन सकिन्छ। अचार खाँदा यसमा हालेको अमिलोमा भिटामीन ‘सी’ हुन्छ, त्यसले रोगसँग लड्ने शक्ति बढाउँछ। सरल र सहज रुपमा पाइने खानेकुराको प्रयोग गरेर पनि तिहार विशेष बनाउन सक्छौँ।

चाडपर्व भन्दैमा खानेकुरा अव्यवस्थित रुपमा खानु हुँदैन। खानेकुराको व्यवस्थापन र उचित आहार स्वस्थ जीवनशैलीको प्रतीक हो। चिल्लो, पिरो, अमिलो तथा हरेक प्रकारका खानेकुरालाई व्यवस्थापन गर्न सकिन्छ। हरेक खानेकुरा समयमा खानाले स्वास्थ्य भई चाड मनाउन सकिन्छ। रमाइलो गर्ने हो तर स्वास्थ्यको ख्याल गर्दै गरेका हरेक कुरा हाम्रा लागि लाभदायक हुने गदर्छन्। चाडबाड मनाउँदै गर्दा स्वास्थ्यको क्षति नगरी हरेक खानेकुराले आफन्ती तथा दाजुभाइको स्वास्थ्यको ख्याल गर्नुपर्छ।

प्रकाशित: २०८१ कार्तिक १४ गते बुधबार ०१:५२
Sanket

अरुणा उप्रेती

उप्रती पोषणविद् हुन्।
प्रतिक्रिया

थप समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति

काठमाडौँ:  आन्दोलनरत चिकित्सक र सरकारबीच ५ बुँदे सहमति भएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उत्पन्न विवादपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए। बुधबार...

सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप

काठमाडौँ: सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ। गृह मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी...

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

९ वटा विधेयक संसद्‌मा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद्को निर्णय, कुन–कुन?

काठमाडौँ: सरकारले ९ वटा विधेयक सङ्घीय संसद् समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको...

बैंकिङ कसुर मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मी पन्त पक्राउ

काठमाडौँः बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (सीबीओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कर्जा प्रवाहमा भएको अनियमिततासम्बन्धी...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना