काठमाडौँ- भाइटीकाको अवसरमा आज बिहानैदेखि काठमाडौंस्थित रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला गरिएको छ।
बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजको दिनमात्र खुल्ने गर्दछ। दिदीबहिनी तथा दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यो मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्।
मन्दिर बिहानैदेखि खुला गरिएको रानीपोखरी तथा मन्दिर क्षेत्रको व्यवस्थापन गर्दै आएको काठमाडौँ महानगरपालिकाका प्रवक्तासमेत रहनुभएका वडा नं १७ का वडाध्यक्ष नवीन मानन्धरले जानकारी दिए।
मन्दिर आज भक्तजन आएसम्म खुला गरिने पनि उनले बताए।















