काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भाइटीका लगाएका छन्।
पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा भाइटीका लगाएका हुन्।
आइतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३७ मिनेटमा टीका लगाएको उनको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपति पौडेलले पनि दुवै बहिनीहरूलाई टीका लगाइदिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका छन्।
बालुवाटारस्थित सरकारी निवासमा बहिनीहरुबाट प्रधानमन्त्री ओलीले भाइटीका लगाएको प्रधानमन्त्री ओलीको स्वकीय सचिवालयले जनाएको छ।

यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।


