काठमाडौँ- संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ।
समितिको शुक्रबार बसेको बैठकले सर्वसम्मत रूपमा निरौला र पाण्डेको नाम अनुमोदन गरेको हो।
प्रस्तावित न्यायाधीशहरूबारे शुक्रबार सुनुवाइ भएको थियो।
सांसदहरूले आएका उजुरी र विभिन्न विषयमा प्रश्न सोधेका थिए। प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेले जवाफ दिए।


