आज ११ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा नेकपा (एमाले)को सचिवालय बैठक बस्दैछ।
बैठकमा स्थानीय उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ।
स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते हुँदैछ। स्थानीय तहका रिक्त विभिन्न ४४ पदमा उपनिर्वाचन हुन लागेको हो।
सचिवालय बैठकमा बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।


