काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकअघि केन्द्रीय कार्यालय वनस्थलीमा रवि लामिछानेका समर्थकले दबाब कार्यक्रम गरेका छन्।
रास्वपा सभापति रवि लामिछाने पक्राउ गरेको लामो समय बितिसक्दा पनि पार्टीले कुनै ठोस निर्णय लिन नसकेको भन्दै लामिछानेका समर्थक रास्वपा कार्यालय पुगेका हुन्। रास्वपा कार्यालयमा प्लेकार्डसहित रविका समर्थक बसिरहेका छन्।
उनीहरुले आफ्नै नेताहरुलाई ‘नो नट अगेन’ भन्ने सन्देश दिनका लागि कार्यक्रम गरिएको बताए।
‘संकटमा पार्टी सम्हाल कि ठाउँ छाड’, ‘रविको नाममा सांसद र नेता भएकाहरू नै रविलाई संकट पर्दा पछि हट्नु धोखा हो’, ‘कि भन रवि दोषी हो, कि लड उसका लागि’, ‘रविले नाम दिए रविलाई पर्दा साथ नदिने?लगायतका प्लेकार्ड बोकेका थिए।












