अलाबामा- अमेरिकाको अलाबामा राज्यस्थित टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु भएको छ।
गोली प्रहारबाट १६ जना घाइते भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ।
घटनाको अनुसन्धानका लागि २५ वर्षीय युवकलाई पक्राउ गरिएको छ।
उनको साथबाट ह्यान्डगन पनि बरामद भएको थियो। ती व्यक्ति घटनास्थलबाट बाहिर जाँदै गर्दा पक्राउ परेका हुन्।
घटनाका सम्बन्धमा अलाबामा ब्युरो अफ इन्भेस्टिगेसनले अनुसन्धान गरिरहेको बताएको छ।
संयुक्त राज्य अमेरिकामा यस वर्ष मात्र ४५४ वटा सामूहिक गोलीबारी भएका छन्।
अक्टोबर १९ मा अल्बानी स्टेट युनिभर्सिटीमा भएको गोली हानाहानमा एक जनाको मृत्यु भएको थियो।
सोही दिन मिसिसिपीमा गोली चल्दा ३ जनाको मृत्यु भएको थियो भने आठ घाइते भएका थिए।
