काठमाडौं- डेडिकेटेड विवादमा लाइन काटिएका उद्योगमा पुनः लाइन जोड्न नेपाल विद्युत प्राधिकरणले क्षेत्रीय कार्यालयहरुलाई निर्देशन दिएको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम लाइन काटिएका उद्योगमा लाइन जोड्न निर्देशन दिइएको हो।
टीओडी मिटरसमेतका आधारमा डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल गणना गरी अशुल गर्न पनि नेपाल विद्युत प्राधिकरणले क्षेत्रीय कार्यालयहरुलाई पत्राचार गर्दै यस्तो निर्देशन दिइएको प्राधिकरण स्रोतको भनाइ छ।
पत्रको साथमा मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने निर्देशन दिने उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको पत्र तथा प्राधिकरणको सञ्चालक समितिको निर्णयको प्रति पनि संलग्न गरिएको उल्लेख छ।
आइतवार साँझ मन्त्रिपरिषद् बैठकले यो विवादमा उद्योगहरुमा काटिएको विद्युत् २४ घन्टाभित्र जोड्ने निर्णय गरेको थियो।







