काठमाडौँ- गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन्। काभ्रे तेमालका लामा आइतबार काठमाडौँबाट पक्राउ परेका हुन्।
लामाविरुद्ध चेक बाउन्स मुद्दामा २ वर्ष कैदसहित जरिमाना हुने फैसला भएपनि उनी फरार रहेका थिए ।
लामालाई जिल्ला अदालत काठमाडौंले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो र ३० लाख जरिमाना सजाय हुने फैसला गरेको थियो।
पक्राउ परेका सत्यमान दावा लामाका सहयोगी पनि हुन्। उनी बुद्धचित्त र रक्तचन्दन व्यापारमा पनि मुछिएका थिए ।
२०७५ सालमा किसानको बुद्धचित्त माला लुटपाट गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए। तत्कालीन सांसदसमेत रहेकी एमाले नेतृ नवीना लामा उनलाई छुटाउन पुगेकी थिइन्।


