२०८३ कार्तिक १९ गते बुधबार

कसरी र किन सम्झिने ढुंगानालाई?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, मङ्सिर ३
damannath-1731841727

काठमाडौं– प्रजातन्त्र पुनःस्थापनापछिको आमनिर्वाचनमा बहुमत प्राप्त नेपाली कांग्रेस र सशक्त प्रतिपक्षका रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच संसद्मा देखिएको रस्साकस्सीलाई सन्तुलित बनाउन तत्कालीन सभामुख दमननाथ ढुङ्गानाले खेलेको तटस्थताको भूमिका नेपालको संसदीय अभ्यासमा अझै पनि खाँचो देखिएको छ।

विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा एक सय ११ सिटसहित कांग्रेस बहुमतमा थियो। सो पार्टीका सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार र एमालेका तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा रहेको ६८ सिटसहितको प्रतिपक्षी दलबीच सदनमा हुने आरोपप्रत्यारोप र गरमागर्मी बहसलाई सन्तुलित तुल्याएकै कारण उनी प्रतिपक्षीले रुचाएको सभामुखका रूपमा स्थापित भए।

विभिन्न राजनीतिक दलका नेताहरूले करिब तीन वर्ष सभामुखको जिम्मेवारीमा रहँदा ढुङ्गानाले संसदीय लोकतान्त्रिक मूल्यमान्यतालाई सन्तुलित रूपमा स्थापित गराउन सशक्त भूमिका निर्वाह गरेका छन्। कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो।

‘नेपालको राजनीतिमा अपूरणीय क्षति’: रघुजी पन्त, नेता नेकपा (एमाले)
‘दमनाथ ढुङ्गाना भनेको नेपालको लोकतान्त्रिक योद्धा हो। उहाँले लोकतन्त्र प्राप्ति र सुदृढीकरणमा योगदान दिनुभयो। उहाँले राजनीतिक बन्दीका रूपमा जेल बस्नुभयो र अरू नेताहरूलाई छुटाउनका लागि लागिपर्नुभयो। बहुदल ल्याउनका लागि सङ्घर्षशील योद्धा, वरिष्ठ अधिवक्ताका रूपमा रहनुभयो। प्रजातन्त्र पुनर्बहालीपछि प्रतिनिधिसभाको करिब तीन वर्षको अवधिमा उहाँले आफ्नो क्षमता देखाउनुभयो। तथापि, त्यो क्षमताअनुसारको राजनीतिक भूमिका भने पाउनुभएन। आफूलाई लागेको कुरा स्पष्ट बोल्ने बानीका कारण पार्टीले पछिल्लो समय भूमिका दिएन। उहाँ अत्यन्त सफल सभामुख हो। सन्तुलित ढङ्गले संसद्लाई सञ्चालन गर्न सक्ने खुबी भएको, दूरदृष्टि र लोकतन्त्रप्रति प्रतिबद्ध सभामुख हुनुहुन्थ्यो। सफल राजनीतिक व्यक्तित्वका साथै मानवअधिकारवादी पनि हुनुहुन्थ्यो। लोकतन्त्रका लागि आजीवन योगदान दिनुभएका ढुङ्गानाको देहवसान नेपालको राजनीतिमा दुःखद र अपूरणीय क्षति हो।’

‘सफल सभामुख’: विजय सुब्बा, नेता नेकपा (एमाले)
दमननाथ ढुङ्गाना प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो प्रतिनिधिसभाको सफल सभामुख हुनुहुन्थ्यो। सभामुख पद ठूलो भए पनि त्यसको नेतृत्व गरिरहँदा उहाँमा त्यो भावना कहिल्यै देखिएन। आफ्ना सदस्यका बारेमा पर्याप्त सूचना राख्नुहुन्थ्यो। सदनलाई सन्तुलित रूपमा सञ्चालन गर्न उहाँले ठूलो भूमिका खेल्नुभयो। संसद् भनेको प्रतिपक्षको हो, प्रतिपक्षीलाई अवसर दिनुपर्छ र उसको कुरा सुन्नुपर्छ भन्नेमा स्पष्ट हुनुुहुन्थ्यो। उहाँ स्पष्ट वक्ता र धेरैले श्रद्धा गर्ने हुनुहुन्थ्यो।

‘सत्ता सरकारको र संसद् प्रतिपक्षको हो भन्नेमा स्पष्ट’: सोमबहादुर थापा, पूर्वसचिव, संसद् सचिवालय
दमननाथ ढुङ्गाना असल विधयक र राजनीतिज्ञ हो। लोकतन्त्र, प्रजान्त्र र सामाजिक न्यायको पक्षमा उभिने उहाँ कसैप्रति अन्याय नहोस् भन्ने भावना राख्नुहुन्थ्यो। मानवअधिकारवादीका रूपमा पनि आफूलाई स्थापित गर्नुभयो। उहाँ सफल सभामुख हो। उहाँले ‘सरकार भनेको सत्ता सञ्चालनका लागि हो, संसद्मा विपक्षीको आवाज उठ्नुपर्छ, विपक्षीलाई समय दिनुपर्छ र उसका कुरा सुन्नुपर्छ’ भन्ने नयाँ लोकतान्त्रिक मूल्यमान्यता ल्याउनुभयो।

‘बहुमतका आधारमा पेल्ने’ सोच अस्वीकार गर्दै त्यसलाई व्यवहारमा उतार्नुभयो। राजनीतिक दलहरूले दमनाथ ढुङ्गानालाई आ–आफ्ना ढङ्गले प्रयोग गरे पनि उहाँका विचार र विशेषतालाई आत्मसात् गरेनन्। मानवअधिकार, मूल्यमान्यता, स्वतन्त्रता, न्यायिक मूल्यमान्यता अहिले पनि अभ्यासमा छैनन्। उहाँको नेतृत्वमा रहेको संसद्को ओज लामो समयसम्म कायम रहन सकेन। ढुङ्गानाको नेतृत्वमा रहेको संसदीय अध्ययन अनुसन्धान केन्द्रमार्फत संविधान संशोधनको बहस चलिरहेको थियो।रासस

प्रकाशित: २०८१ मङ्सिर ३ गते सोमबार ०१:५५
प्रतिक्रिया

थप समाचार

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...

काठमाडौँ आइपुगे नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेला

काठमाडौँ: नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला कार्यभार सम्हाल्न मंगलबार काठमाडौं आइपुगेका छन्। भारतको दूतावासका अनुसार दलेला आज काठमाडौं आइपुगेका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना