काठमाडौँ- काठमाडौँ उपत्यकामा आज तीन जना मृत भेटिएका छन्।
काठमाडौँमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।
शव भेटिनेमा एक जना नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक हुन्।
उनी काठमाडौँ महानगरपालिका–१६ माछापोखरी वसन्तनगरस्थित क्यासिकल होटलमा मृत अवस्थामा फेला परेका हुन्।
यसैगरी, काठमाडौँ–१६ माछापोखरी मितेरी पुल नजिकै खाली जग्गामा रहेको पुरानो ठेलामाथि नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष पनि मृत भेटिएका छन्।
ललितपुर महानगरपालिका–२५ स्थित नख्खु खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ।
तीनवटै शवलाई परीक्षणका लागि अस्पताल पठाइएको छ।
तीनै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


