काठमाडौँ– कम्बोडियामा सुरु भएको आईक्यापको १२औँ महाधिवेशनमा नेपालबाट १४ जना नेता सहभागी भएका छन्।
नेकपा एमाले विदेश विभागका पूर्वप्रमुख राजन भट्टराईले महाधिवेशनमा सहभागी हुन जाने नेताहरूको सूची सार्वजनिक गरेका छन्।
भाइरल मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं लगानी रहेको दाबीसहित फेक डकुमेन्ट दुष्प्रचार गरेपछि सामाजिक सञ्जालमा एमालेको चर्को आलोचना भएको थियो।
सोही आलोचनालाई कम गर्न भट्टराईले सबै पार्टीका नेताहरू कम्बोडिया पुगेको भन्दै सूची सार्वजनिक गरेका हुन्।
भ्रमण टोलीमा एमालेबाट डा. भट्टराई र हालका विदेश विभाग प्रमुख रघुवीर महासेठ छन्।
कांग्रेस नेतृ तथा पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइराला र पूर्वसांसद दिव्यमणि राजभण्डारी, माओवादीका अग्नि सापकोटा र गोकर्णप्रसाद भट्ट, राप्रपा नेता उद्धव पौडेल र केदारबहादुर अधिकारी, जनमतका सीके राउत पनि छन्।
सबै दलका नेताहरू कम्बोडिया गएको सार्वजनिक गरिदिएपछि एमालेविरुद्ध भइरहेको आलोचना मत्थर हुने एमालेको विश्वास छ।
को-को गए कम्बोडिया?



