काठमाडौं– नेपाली कांग्रेसले अब चीनसँग ऋण नलिने र अनुदानकै प्रतिवद्धता कार्यान्वयनमा जानुपर्ने बताएको छ।
नेपाली कांग्रेसले गरेको नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफलपछि प्रवक्ता डा प्रकाशशरण महतले चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म नयाँ ऋण लिन नहुने बताएका हुन्।
‘बीआरआईका विषयमा कांग्रेस दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो’, उनले भने, ‘अबचाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा सुरुमा सडकमा अनुदान सहयोग लिनुपर्यो, अनुदानमै धेरै प्रतिवद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन। त्यसलाई कार्यान्वयन गर्नुपर्यो।’
डा महतले अगाडि भने, ‘अनुदानमै कार्यान्वयन नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ छ? अहिले फेरि ऋणको भार पनि बढिरहेको छ। त्यसकारण चिनियाँ सरकारसँग मात्रै होइन कि जुनसुकै सरकारसँग पनि अहिले हामी ऋण लिने कुरामा जानुहुन्न।’


