काठमाडौँ- काठमाडौँको सिनामंगलस्थित एक होटलमा युवायुवतीको शव भेटिएको छ।
आइतबार बिहान काठमाडौँ महानगरपालिका-९ सिनामंगलस्थित होटलमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।
होटलको चौथो तलाको बरण्डामा उनीहरू मृत फेला परेका हुन्। उनीहरूको पासपोर्ट प्रहरीले फेला पारेको छ।
मृतक सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझी छन्।
शनिबार साँझ पौने ७ बजे उनीहरू होटलमा पुगेका थिए। दुवै जना बरण्डाको रेलिङमा सेतो सलमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।
काठमाडौँ परिसर, प्रहरी वृत्त गौशाला, काठमाडौं उपत्यका अपराध अनुसन्धान र फरेन्सिक टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ।


